दफा ४५
महसुल निर्धारणको लागि निवेदन दिने
(१) ऐनको दफा २३ को उपदफा (१) र (२) को प्रयोजनको लागि सेवाप्रदायकले उपभोक्ताबाट खानेपानी सेवा तथा सरसफाइ सेवाको उपयोग गरेबापत महसुल तथा सेवा शुल्क लिनु अघि सोको निर्धारण गर्न आयोगसमक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा सेवाप्रदायकले देहायका कागजात समेत संलग्न गर्नु पर्नेछ:-
(क) आफूले उपलब्ध गराउने सेवाको गुणस्तर सम्बन्धी विवरण,
(ख) प्रस्तावित महसुल निर्धारण गर्नु पर्ने आधार,
(ग) महसुल दरमा परिवर्तन गर्नु पर्ने भए त्यसको आधार,
(घ) साविकमा लिई आएको महसुल र प्रस्तावित महसुल दर स्पष्ट देखिने गरी तयार गरिएको तुलनात्मक महसुल दर,
(ङ) प्रस्तावित महसुलबाट खर्च धान्न र मुनाफा आर्जन गर्न पर्याप्त हुने नदेखिएमा वा तत्काल महसुल बढाउन नहुने भएमा त्यस्तो अपर्याप्तता पूर्ति गर्न सेवाप्रदायकले पहिचान गरेको आर्थिक स्रोत र दीर्घकालीन योजनाको मनासिब आधार,
(च)- सेवाप्रदायकले प्रस्ताव गरेको महसुलबाट सेवा सञ्चालन, मर्मत तथा सम्भार खर्च, हास कट्टी, सेवाप्रदायकले सेवा सञ्चालनको लागि लिएको क्रणको सावाँ व्याजको भुक्तानी, वार्षिक मूल्यवृद्धिबाट बढ्ने खर्चसमेतको हिसाब गरी सेवाप्रदायकलाई हुन सक्ने अनुमानित मुनाफा,
(छ) सेवा सञ्चालन खर्चमा सालबसाली हुने वृद्धि र प्रस्तावित महसुलको तुलनात्मक विश्लेषण,
(ज) प्रस्तावित महसुल व्यहोर्न नसक्ने तहका उपभोक्तालाई महसुलमा छुट गर्ने सम्बन्धमा तयार गरेको आधार र त्यस्तो छुट महसुलका कारणले अन्य उपभोक्तालाई पर्न सक्ने थप भार,
(झ) सेवाप्रदायकले प्रचलित कानून बमोजिम स्थापना भएको कुनै निकायबाट सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेको वां सम्झौता गरेकोमा त्यस्तो अनुमतिपत्र वो सम्झौताको प्रतिलिपि,
(ज) _ प्रस्तावित महसुल दरलाई पुष्टि गर्ने आधार सहितको आर्थिक विश्लेषण,
(ट) - महसुल दरमा गरिएको परिवर्तनबाट उपभोक्तामा पर्न सक्ने थप आर्थिक भारको तुलनात्मक विवरण ।
(३) उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धमा जाँचबुझ गर्दा आयोगले आवश्यक देखेमा सेवाप्रदायकसँग थप विवरण तथा कागजात माग गर्न सक्नेछ रप्यसरी माग गरेको विवरण तथा कागजात उपलब्ध गराउनु सेवाप्रदायकको कर्तव्य हुनेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सेवाप्रदायकको निवेदन नपरेकै कारण आयोगले महसुल निर्धारण गर्न बाधा पर्ने छैन।